सन् 2026 अगष्टदेखि JFT-Basic मा A1, A2.1 को समेत मूल्याङ्कन गरिने भएको छ

अहिलेसम्म The Japan Foundation Test for Basic Japanese (JFT-Basic)मा जापानमा जीवनयापन गर्दाको अन्तरालमा गर्नुपर्ने कम्युनिकेशनमा आवश्यक पर्ने जापानी भाषा क्षमताको मापन गर्ने परीक्षा लिने गरिएको थियो। अब सन् 2026 अगष्टदेखि भने, हालको A2 का साथसाथै A1 र A2.1 समेत थपेर मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ।

यस परिवर्तनबाट, the Common European Framework of Reference for Languages: Learning, teaching, assessment (CEFR), “जापानी भाषा शिक्षाको JF मापदण्ड”, र “जापानी भाषा शिक्षाको लागि सन्दर्भ फ्रेम” मा भएको A1, A2.1, A2.2 (A2) स्तरमा पुगिएको छ छैन मूल्याङ्कन गर्न सक्षम हुनेछ। यसका साथसाथै Specified Skilled Worker System (Specified Skilled Worker (i)) एवम् सन् 2027 अप्रिलबाट सञ्चालनमा आउने Employment for Skill Development Program का लागि चाहिने जापानी भाषाको स्तर मूल्याङ्कन गर्ने परीक्षाको रूपमा समेत उपयोग गर्न सक्नु हुने भएको छ।

JFT-Basic ले मूल्याङ्कन गर्ने जापानी भाषाको स्तर

  A1 A2.1 A2.2(A2)
सन् 2026 जुलाई सम्म
सन् 2026 अगष्ट उपरान्त
JFT-Basic ले मूल्याङ्कन गर्ने जापानी भाषाको स्तर

A2.2 (A2) स्तर भनेको, सन् 2026 जुलाई सम्मको A2 सरह हुनेछ।
A2.1 ले, A1 सम्म पुगिसकेको र A2.2 (A2) मा पुग्नको लागि सिकाइ अघि बढाइरहेको चरणलाई इङ्गित गर्दछ।

परीक्षाफल सूचनापत्रको नमूना

प्राप्ताङ्कको परिधि 10 देखि 250 अङ्कको बिचमा हुन्छ। जसमा 145 देखि 174 सम्मको प्राप्ताङ्क ल्याउनेलाई A1, 175 देखि 199 सम्मको प्राप्ताङ्क ल्याउनेलाई A2.1, 200 देखि 250 सम्मको प्राप्ताङ्क ल्याउनेलाई A2.2 (A2) भनेर मूल्याङ्कन गरिने हुन्छ।
145 अङ्क भन्दा कम ल्याएमा परीक्षाफल नदेखाईकन, “*” देखाएको हुन्छ।

परीक्षाफल सूचनापत्रको नमूना

प्रश्न-उत्तर

प्रश्न: परीक्षा दिने तरिका तथा परीक्षाको संरचना, आउने प्रश्नहरूको लेभल परिवर्तन हुन्छ?
उत्तर: अहँ, परिवर्तन हुँदैन।
परीक्षा दिने तरिका तथा संरचना, आउने प्रश्नहरूको लेभल बारे विस्तृतमा, “ JFT-Basic को परिचय” को “ ३ परीक्षा दिने तरिका”, “४ परीक्षाको संरचना”, “५ भाषिक निपुणताका श्रेणीहरूको सारांश” मा हेर्नुहोला।
प्रश्न: A1 तथा A2.1 परीक्षाफललाई कस्तो अवस्थामा प्रयोग गर्न सकिन्छ?
उत्तर: Employment for Skill Development Program अन्तर्गत रोजगारी सुरुवात हुँदासम्म मूलतः A1 सरह वा सो भन्दा माथिल्लो स्तरको जापानी भाषा क्षमता चाहिने हुँदा, बसोबास योग्यता (भिसा) “Employment for Skill Development” मा जापान आएर रोजगारी गर्ने बखतको प्रक्रिया अपनाउँदा A1 को परीक्षाफललाई प्रयोग गर्न सकिन्छ।
A2.1 भनेको, A1 र A2.2(A2) को बिचमा पर्ने गरी निर्धारण गरिएको जापानी भाषा क्षमताको एउटा स्तर हो। जसमा प्रमुखतया A2.1 को परीक्षाफललाई Employment for Skill Development Program अन्तर्गत, निज मूलव्यक्तिले इच्छा गरे अनुसारको रोजगारी परिवर्तन गर्दा, आवश्यक परेको खण्डमा पुष्टि गर्नका लागि उपयोग गर्न सकिने छ।
यद्यपि, Employment for Skill Development अन्तर्गतको औद्योगिक सेक्टर अनुसार, रोजगारी सुरुवात हुँदा या मूलव्यक्तिको इच्छा अनुसार रोजगारी परिवर्तन गर्ने जस्ता समयहरूमा चाहिने जापानी भाषाको स्तर, माथि उल्लिखित स्तर भन्दापनि बढी चाहिने (हाल विचाराधीन) हुन सक्छ। तसर्थ, ध्यान पुर्याउनुहोला।
Employment for Skill Development Program को रूपरेखा बारेमा, Immigration Services Agency of Japan को वेबसाइटOpen in new window हेर्नुहोला।
प्रश्न: सन् 2026 जुलाई सम्मको परीक्षाफल सूचनापत्रलाई सन् 2026 अगष्टपछि पनि प्रयोग गर्न मिल्छ?
उत्तर: हजुर, सन् 2026 जुलाई सम्ममा परीक्षा दिएर, तपाईंको कुल प्राप्ताङ्क मूल्याङ्कनको मानक अङ्क (200 अङ्क) वा सो भन्दा बढी छ भने, जापानी भाषाको स्तर A2.2 (A2) सम्म पुगेको छ भनी प्रमाणित गर्नका लागि प्रयोग गर्न सकिन्छ।
“Employment for Skill Development”को बसोबास योग्यता (भिसा) आवेदन आदिका निमित्त, जापानी भाषाको स्तर A1 या A2.1 बराबर रहेको प्रमाणित गर्नुपर्ने व्यक्तिले, परीक्षाफल सूचनापत्रमा A1 या A2.1 को परीक्षाफल उल्लेख हुने सन् 2026 अगष्ट उपरान्तको परीक्षा दिनुहोला।
प्रश्न: A1, A2.1 सम्म पुग्नको लागि, कस्तो खालको अध्ययन गर्दा ठिक होला?
उत्तर: “इरोडोरी: जापानीज फर लाइफ इन जापानOpen in new window” या ”IRODORI जापानी भाषा अनलाइन कोर्सOpen in new window” नामक कोर्सबुक रहेका छन्। यी पाठ्यसामग्री जापानमा जीवनयापन गर्दा आइपर्ने कम्युनिकेशनको लागि आवश्यक पर्ने जापानी भाषा क्षमता हासिल गर्नका लागि चाहिन्छ र, यसको लक्ष्य Can-do अध्ययन गर्ने रहेको छ।
JFT-Basic मा पनि Can-do मा आधारित, जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने प्रश्नहरू आउँछन्।
तसर्थ, “इरोडोरी: जापानीज फर लाइफ इन जापान” या “IRODORI जापानी भाषा अनलाइन कोर्स” मार्फत अध्ययन गरेर, Can-do जान्ने हुनुभएको छ भने, JFT-Basic को तयारीमा उपयोगी हुनेछ।
साथै, “IRODORI जापानी भाषा अनलाइन कोर्स”मा ”अध्ययन“ कन्टेन्ट भित्रको “समीक्षात्मक हाजिर-जवाफ”मा, JFT-Basic को सेक्सन, क्याटेगोरीमा जस्तै "शब्दावली" "खान्जि" "व्याकरण" "अभिव्यक्तिहरू" "लिसनिङ" "रिडिङ"का हाजिर-जवाफहरू रहेका छन्।
"अभ्यास" कन्टेन्टमा "शब्दावली" "खान्जि" "व्याकरण" "अभिव्यक्ति"हरूका अभ्यास गर्न सकिन्छ।
यसैगरी "IRODORI जापानी भाषा अनलाइन कोर्स"मा, अझै व्यवहारिक अभ्यास गर्न सकिने भएकोले, अवश्य JFT-Basic को तयारीमा उपयोग गर्नुहोला।
विस्तृतमा JFT-Basic परीक्षाको तयारीमा उपयोगी हुने पाठ्यसामग्री सार्वजनिक गरिराखिएको, “अध्ययनको लागि सुझाव”मा हेर्नुहोला।
JFT-Basic कस्तो हुन्छ भन्ने झल्को पाउन सकियोस भनेर, वास्तविक परीक्षा ढाँचासँग मिल्दोजुल्दो नमुना प्रश्नOpen in new window समेत सार्वजनिक गरिएको छ।

परीक्षा तालिका JFT-Basic २०२६-२०२७ (PDF:226KB)Open in new window

Back to top