JFT-Basic को परिचय

१ परीक्षाको उद्देश्य

जापान फाउन्डेशन जापानी भाषा बेसिक टेष्ट (Japan Foundation Test for Basic Japanese, संक्षिप्त नाम: JFT-Basic), मुख्यतया रोजगारीको निमित्त जापान आउने विदेशी नागरिकले जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने संवाद गर्न चाहिने जापानी भाषा क्षमता मापन गर्ने टेष्ट हो।
यो टेष्टलाई "SSW 1Open in new window", "सीप विकासमूलक रोजगारीOpen in new window"का बसोबास-भिसा प्राप्त गर्नका निमित्त आवश्यक पर्ने जापानी भाषा क्षमता स्तर मापन टेष्टको रूपमा समेत उपयोग गर्ने गरिएको छ।

२ परीक्षा दिन सक्ने व्यक्तिहरू

यो परीक्षा आफ्नो मातृ भाषा जापानी नभएका विदेशी नागरिकहरूले दिन सक्छन्। त्यसमा पनि खासगरि रोजगारीको लागि जापानमा आउने विदेशी नागरिकहरूको लागि यो परीक्षा तयार पारिएको हो।

३ परीक्षा दिने तरिका

यो परीक्षा कम्प्युटर आधारित परीक्षा (CBT: Computer Based Testing) विधिमार्फत लिइन्छ। हरेक देशको परीक्षा स्थलमा कम्प्युटरबाट प्रश्न सोधिने र उत्तर दिने गरिन्छ। परीक्षार्थीहरूले बुथमा बसेर कम्प्युटरको स्क्रिनमा देखाइने प्रश्न पढेर अनि हेडफोनबाट आउने आवाज सुनेर स्क्रिनमा जवाफ दिन्छन्।

प्रश्न र जवाफका विकल्पहरू देखाइन्छ। साथै स्क्रिनको छेउको भागमा सेक्सनको नाम, परीक्षाको नाम, बाँकी समय र जवाफ दिइएको अवस्था आदि देखाइन्छ।
चित्र १: CBT स्क्रिन इमेज

कम्प्युटर स्क्रिनको बीचको भागमा परीक्षाको प्रश्न र जवाफका विकल्पहरू देखाइन्छ। साथै स्क्रिनको छेउको भागमा सेक्सनको नाम, परीक्षाको नाम, बाँकी समय र जवाफ दिइएको अवस्था आदि

चित्र २: प्रश्न स्क्रिनको इमेज
चित्र २: प्रश्न स्क्रिनको इमेज
चित्र ३: प्रश्नको लागि स्थानी भाषा चयन गर्ने पपअप इमेज
चित्र ३: प्रश्नको लागि स्थानी भाषा चयन गर्ने पपअप इमेज

यस परीक्षामा प्रश्नहरू अङ्ग्रेजीमा देखाइएको छ। "Your Language" बटन थिच्नुभयो भने स्थानीय भाषामा* प्रश्नहरू पढन सक्नुहुन्छ।**
परीक्षार्थीलाई प्रश्नहरू पढेर त्यसको अवस्था र दृश्य बुझेर जवाफ दिनु आवश्यक छ। "सुनेर बुझ्ने"- मा प्ले बटन थिच्दा स्वर २ पटक सम्म सुन्न सकिन्छ। जवाफ दिने बेलामा सही जवाफ थिच्नुहोस्। थिचेको जवाफको रङ्ग परिवर्तन हुनेछ।
*“तपाईंको स्थानीय भाषा" निम्न छ:
Your Language 1: अंग्रेजी, चिनियाँ, इन्डोनेसियन, खमेर, मंगोलियन, म्यानमार, नेपाली, थाई वा भिएतनामिज
Your Language 2: उज्बेक, बंगाली, लाओ वा मलय
** कम्प्युटरको स्क्रिन साइजले गर्दा प्रश्न स्क्रिन र प्रश्नको लागि स्थानी भाषा चयन गर्ने पपअप सँगसँगै छेउछाउमा देखाइन्छ।

सम्बन्धित जानकारी
परीक्षा स्क्रिनको वास्तविक सञ्चालन तरिका राम्रोसँग थाह पाउन चाहनुहुन्छ भने यहाँ हेर्नुहोस्।

४ परीक्षाको संरचना

यो परीक्षा चार वटा भागमा बाँडिएको छ: "अक्षर र शब्दावली", "कुराकानी र अभिव्यक्ति", "सुनेर बुझ्ने" तथा "पढेर बुझ्ने" । यस परीक्षाको संरचना र प्रत्येक प्रश्नको लक्ष्य तालिका १ मा उल्लेखित छ।

तालिका १: परीक्षाको संरचना तथा लक्ष्यहरू

सेक्सन हरेक सेक्सनको लक्ष्य वर्ग हरेक वर्गको लक्ष्य
अक्षर र शब्दावली(लगभग १२ प्रश्न) दैनिक जीवनका विभिन्न अवस्थामा प्रयोग गरिने जापानी भाषाका लिपिहरू पढ्न सक्छ वा सक्दैन, आधारभूत शब्दभण्डार हासिल गरेको छ वा छैन, ती शब्दहरू प्रयोग गर्न सक्छ वा सक्दैन, मापन गर्ने। शब्दको अर्थ शब्दको अर्थ सोध्ने।
शब्द प्रयोग गर्ने तरिका शब्दको प्रयोग सोध्ने।
खान्जी पढ्ने तरिका खान्जीमा लेखिएका शब्दहरू पढ्ने तरिका सोध्ने र हिरागानामा लेखिएका विकल्पहरूबाट सही जवाफ चयन गराउने।
खान्जीको अर्थ र प्रयोग गर्ने तरिका खान्जीमा लेखिएका शब्दहरूको अर्थ र प्रयोग सोध्ने।
कुराकानी र अभिव्यक्ति(लगभग १२ प्रश्न) दैनिक जीवनका विभिन्न अवस्थामा बोलिने कुराकानीको लागि आवश्यक व्याकरण र अभिव्यक्ति प्रयोग गर्न सक्छ वा सक्दैन, मापन गर्ने। व्याकरण कुराकानीको सन्दर्भसँग मिल्ने उपयुक्त व्याकरण प्रयोग गर्न सक्छ वा सक्दैन, जाँच्ने।
अभिव्यक्ति कुराकानीको सन्दर्भसँग मिल्ने उपयुक्त अभिव्यक्ति प्रयोग गर्न सक्छ वा सक्दैन, जाँच्ने।
सुनेर बुझ्ने(लगभग १२ प्रश्न) दैनिक जीवनका विभिन्न अवस्थामा बोलिने कुराकानी र निर्देशन आदि सुनेर बुझ्न सक्छ वा सक्दैन, मापन गर्ने। विषयवस्तुको बुझाइ (कुराकानी) जानकारीको आदानप्रदान र सामाजिक कुराकानी सुनेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने।
विषयवस्तुको बुझाइ (पसल र सार्वजनिक स्थलहरूमा गरिएको कुराकानी) पसल र सार्वजनिक सुविधाहरूमा गरिने कुराकानी सुनेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने।
विषयवस्तुको बुझाइ (निर्देशन र उद्घोषण सुन्ने) निर्देशन र घोषणा, श्रव्य सामग्री आदि सुनेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने।
पढेर बुझ्ने(लगभग १२ प्रश्न) दैनिक जीवनका विभिन्न अवस्थामा चिठ्ठी र सूचनापत्र, व्याख्या आदि पढेर बुझ्न सक्छ वा सक्दैन, मापन गर्ने। विषयवस्तुको बुझाइ चिठ्ठी र सन्देश जस्तो छोटो र सरल लिखित सामग्री पढेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने।
जानकारी खोज दैनिक जीवनमा देखिने साइनबोर्ड, सूचनापत्र, सन्दर्भ सामग्री आदिबाट आवश्यक जानकारी फेला पार्न सक्छ वा सक्दैन, जाँच्ने।

लगभग ५० वटा प्रश्न सोधिनेछ र परीक्षाको समय ६० मिनेट हुनेछ। सेक्सन अनुसार उत्तर दिनका लागि रोकटोक हुनेछैन। एउटै सेक्सन भए जहिले पनि उत्तर दिन सकिनेछ। तर अन्य सेक्सनमा प्रवेश गरेपछि फेरि फर्केर उत्तर दिन सकिन्न। साथै, “सुनेर बुझ्ने” सेक्सनमा अघिपछिको प्रश्नमा गएर फेरि हेर्न वा पुनः उत्तर दिन सकिन्न।

५ निर्धारण गरिने जापानी भाषा क्षमता स्तर

यसमा 3 तहका जापानी भाषा क्षमता स्तर निर्धारण गरिन्छ

यो टेष्टद्वारा युरोपेली भाषाको साझा अवधारणा निमित्तको रूपरेखा (CEFR:Common European Framework of Reference for Languages: Learning, teaching, assessmentOpen in new window), "JF जापानी भाषा शिक्षण मानकExternal link” (JF Standard), "जापानी भाषा शिक्षण निमित्तको रूपरेखाOpen in new window" अन्तर्गत, A1, A2.1, A2.2 (A2)सम्म पुगेको छ छैन निर्धारण गरिने छ।
प्राप्ताङ्कको परिधि 10 ∼ 250 अङ्क बिचको हुनेछ। 145 ∼ 174 अङ्कसम्म A1, 175 ∼ 199 अङ्कसम्म A2.1 र 200 ∼ 250 अङ्कसम्म A2.2 (A2) निर्धारण गरिने छ। A2.1 लेभलले, A1 लेभलमा पुगिसकेको र A2.2 (A2) लेभलमा पुग्नको लागि आफ्नो पढाइ अघि बढाइरहेको कुरा इङ्गित गर्नेछ।

*JFT-Basic, सन् 2026 जुलाईसम्म A2.2 (A2) मात्र मापन गर्ने टेष्टको रूपमा सञ्चालन हुने गरेको थियो तर, सन् 2026 अगष्टदेखि A1, A2.1 समेत मापन गर्न सक्ने भएको छ।

JFT-Basic ले निर्धारण गर्ने जापानी भाषा क्षमता स्तर
चित्र 4 JFT-Basic ले निर्धारण गर्ने जापानी भाषा क्षमता स्तर

यो टेष्टमा CEFROpen in new window, JF StandardExternal link अन्तर्गतको A1-A2 को Can-do मा आधारित प्रश्न सोधिन्छ र, "अक्षर र शब्द" "संवाद र अभिव्यक्ति” "सुनेर बुझ्ने क्षमता” "पढेर बुझ्ने क्षमता" का 4 सेक्सनबाट समष्टिगत रूपमा जापानमा जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने संवाद गर्न चाहिने जापानी भाषा क्षमता मापन गरिने छ। A1 एवम् A2 लेभलको गाइडिङ लिन, तालिका नं. 2 हेर्नुहोला।

तालिका नं. 2 टेष्टको लेभल
श्रेणी Can-do
A2
  • व्यक्तिगत जानकारी र परिवारको जानकारी, किनमेल, छरछिमेक, काम आदि आफूसित सीधै सम्बन्धित क्षेत्रमा प्रायजसो प्रयोग गरिने आधारभूत वाक्य र अभिव्यक्ति बुझ्न सक्छ।
  • दैनिक जीवनको सरल विषयहरू मात्र भने दिनचर्याको आफूसित परिचित कुराहरूबारे जानकारीको आदानप्रदान गरी फर्काउन सक्छ।
  • आफ्नो पृष्ठभूमि, आफू वरपरको स्थिति र आफूलाई प्रत्यक्ष रूपमा आवश्यकता भएको क्षेत्रका कुराहरूबारे सजिलो शब्दले व्याख्या गर्न सक्छ।
A1
  • खास आवश्यकता पूरा गर्न अक्सर प्रयोग गरिने दैनिक अभिव्यक्ति तथा आधारभूत शब्दहरूको प्रयोग बुझेर बोल्न सक्छ।
  • आफ्नो र अरूको परिचय दिन सक्छ अनि बस्ने ठाउँ, परिचित व्यक्ति र आफ्ना सामानहरू आदि जस्तो व्यक्तिगत जानकारीबारे प्रश्न सोध्न र जवाफ दिन सक्छ।
  • सँगै कुराकानी गर्ने व्यक्तिले बिस्तारै र स्पष्टसित बोलिदिन्छन् र शब्द नआएको बेला तिनले मदत गरिदिन्छन् भने सरल कुराकानी गर्न सक्छ।

CEFR को सामान्य भाषिक सन्दर्भ श्रेणी: समग्र मापदण्ड

६ परीक्षाफलको सूचना

परीक्षाफल निम्नानुसार परीक्षार्थलाई सूचित गरिनेछ।

परीक्षाको दिन
परीक्षाको दिन परीक्षा समाप्त भएपछि स्क्रिनमा कुल प्राप्ताङ्क र मूल्याङ्कन नतिजा प्रकाशित गरिनेछ।
परीक्षा सकिएपछि कामकाज हुने दिनको ५ दिन भित्र
Prometric कम्पनीको वेबसाइटOpen in new windowमा औपचारिक रिजल्टको सूचनापत्र जारी हुने हुँदा, लगइन गरेर निश्चय गर्नुहोला। कागजी रिजल्टको सूचनापत्र चाहिने भए, प्रिन्ट गरेर उपयोग गर्न सक्नु हुनेछ।

रिजल्टको सूचनापत्रबाट कुल प्राप्ताङ्क र त्यसमा आधारित रिजल्ट थाहा पाउन सकिने छ। कुल प्राप्ताङ्कमा जति सही उत्तरको सङ्ख्या छ त्यति नै अङ्क देखाइने छैन। बरु त्यसको सट्टामा Equating भनिने तथ्याङ्कीय गणना विधिबाट हिसाब निकालिएको Scaled अर्थात् मानकीकृत प्राप्ताङ्क देखाइने छ। कुल प्राप्ताङ्कको प्राप्ताङ्कीय परिधि 10 ∼ 250 अङ्क बिचको हुनेछ। 145 ∼ 174 बिचको अङ्कलाई A1, 175 ∼ 199 बिचको अङ्कलाई A2.1 र 200 ∼ 250 अङ्कलाई A2.2 (A2) भनेर निर्धारण गरिने छ। 145 अङ्क भन्दा कम आएको छ भने रिजल्ट नदेखाइकन "*" देखाइने छ। साथै, रिफरेन्सको लागि हरेक सेक्सन पिच्छेको सही उत्तर दर देखाइएको हुनेछ।

रिजल्टको सूचनापत्रको चित्र
चित्र 5 रिजल्टको सूचनापत्रको चित्र

रिजल्टको सूचनापत्रको दोस्रो पृष्ठमा जापानी भाषा क्षमताको स्तरलाई कसरी ग्रहण गर्ने भनेर वर्णन गरिएको छ। त्यसका अन्तर्वस्तुका बारेमा, "५ निर्धारण गरिने जापानी भाषा क्षमता स्तर" हेर्नुहोला।

७ परीक्षाको स्पष्टीकरण सामग्री

JFT-Basic बारे उक्त सारांश समेटेर बनाएको स्लाइड फर्म्याटको सामग्री हो। (जापानी र नेपाली भाषा संस्करण) यसलाई नहिचकिचाई डाउनलोड गर्न र प्रयोग गर्न सक्नुहुन्छ।

परीक्षाको स्पष्टीकरण सामग्री (PDF: 2.2MB)

Back to top