JFT-Basic को परिचय
१ परीक्षाको उद्देश्य
रोजगारीको लागि जापानमा आउने विदेशी नागरिकहरूले दैनिक जीवनमा विभिन्न अवस्थाको सामना गर्छन्। जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षाको (Japan Foundation Test for Basic Japanese, संक्षेपमा JFT-Basic) उद्देश्य मुख्यतः त्यस्ता अवस्थाहरूमा कुराकानी गर्न आवश्यक हुने जापानी भाषाको दक्षता जाँच गर्नु अनि "जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमता" छ कि छैन भनी निर्धारित गर्नु हो। यस परीक्षाले युरोपेली सामान्य भाषिक सन्दर्भ ढाँचाको (CEFR: Common European Framework of Reference for Languages: Learning, teaching, assessment, युरोपेली सामान्य भाषिक सन्दर्भ ढाँचा: सिक्ने, सिकाउने, मूल्याङ्कन गर्ने) तथा जापान फाउण्डेशनले "आपसी समझदारीको लागि प्रयोग गर्ने जापानी भाषा" भन्ने धारणाको आधारमा जापानी भाषा शिक्षाको ढाँचाको रूपमा विकास गरिको "जापानी भाषा शिक्षाको JF मापदण्ड"-को (अर्को साइटमा जानेछ)" (JF मापदण्ड) को विचारमा आधारित भई, "जापानी भाषामा के-कति गर्न सक्छ" भनेर मापन गर्दछ।
JFT-Basic लाई २०१९, अप्रिल १ तारिख सुरु भएको बसोबास योग्यता "निर्दिष्ट प्राविधिक सीप (१)" प्राप्त गर्न आवश्यक जापानी भाषाको क्षमता मापन गर्ने परीक्षाको रूपमा पनि उपयोग गरिएको छ। निर्दिष्ट प्राविधिक सीपबारे जानकारीको लागि यहाँ हेर्नुहोस्।
२ परीक्षा दिन सक्ने व्यक्तिहरू
यो परीक्षा आफ्नो मातृ भाषा जापानी नभएका विदेशी नागरिकहरूले दिन सक्छन्। त्यसमा पनि खासगरि रोजगारीको लागि जापानमा आउने विदेशी नागरिकहरूको लागि यो परीक्षा तयार पारिएको हो।
३ परीक्षा दिने तरिका
यो परीक्षा कम्प्युटर आधारित परीक्षा (CBT: Computer Based Testing) विधिमार्फत लिइन्छ। हरेक देशको परीक्षा स्थलमा कम्प्युटरबाट प्रश्न सोधिने र उत्तर दिने गरिन्छ। परीक्षार्थीहरूले बुथमा बसेर कम्प्युटरको स्क्रिनमा देखाइने प्रश्न पढेर अनि हेडफोनबाट आउने आवाज सुनेर स्क्रिनमा जवाफ दिन्छन्।

कम्प्युटर स्क्रिनको बीचको भागमा परीक्षाको प्रश्न र जवाफका विकल्पहरू देखाइन्छ। साथै स्क्रिनको छेउको भागमा सेक्सनको नाम, परीक्षाको नाम, बाँकी समय र जवाफ दिइएको अवस्था आदि


यस परीक्षामा प्रश्नहरू अङ्ग्रेजीमा देखाइएको छ। "Your Language" बटन थिच्नुभयो भने स्थानीय भाषामा* प्रश्नहरू पढन सक्नुहुन्छ।**
परीक्षार्थीलाई प्रश्नहरू पढेर त्यसको अवस्था र दृश्य बुझेर जवाफ दिनु आवश्यक छ। "सुनेर बुझ्ने"- मा प्ले बटन थिच्दा स्वर २ पटक सम्म सुन्न सकिन्छ। जवाफ दिने बेलामा सही जवाफ थिच्नुहोस्। थिचेको जवाफको रङ्ग परिवर्तन हुनेछ।
*“तपाईंको स्थानीय भाषा" निम्न छ:
Your Language 1: अंग्रेजी, चिनियाँ, इन्डोनेसियन, खमेर, मंगोलियन, म्यानमार, नेपाली, थाई वा भिएतनामिज
Your Language 2: उज्बेक, बंगाली, लाओ वा मलय
** कम्प्युटरको स्क्रिन साइजले गर्दा प्रश्न स्क्रिन र प्रश्नको लागि स्थानी भाषा चयन गर्ने पपअप सँगसँगै छेउछाउमा देखाइन्छ।
- सम्बन्धित जानकारी
- परीक्षा स्क्रिनको वास्तविक सञ्चालन तरिका राम्रोसँग थाह पाउन चाहनुहुन्छ भने यहाँ हेर्नुहोस्।
४ परीक्षाको संरचना
यो परीक्षा चार वटा भागमा बाँडिएको छ: "अक्षर र शब्दावली", "कुराकानी र अभिव्यक्ति", "सुनेर बुझ्ने" तथा "पढेर बुझ्ने" । यस परीक्षाको संरचना र प्रत्येक प्रश्नको लक्ष्य तालिका १ मा उल्लेखित छ।
तालिका १: परीक्षाको संरचना तथा लक्ष्यहरू
सेक्सन | हरेक सेक्सनको लक्ष्य | वर्ग | हरेक वर्गको लक्ष्य |
---|---|---|---|
अक्षर र शब्दावली(लगभग १२ प्रश्न) | दैनिक जीवनका विभिन्न अवस्थामा प्रयोग गरिने जापानी भाषाका लिपिहरू पढ्न सक्छ वा सक्दैन, आधारभूत शब्दभण्डार हासिल गरेको छ वा छैन, ती शब्दहरू प्रयोग गर्न सक्छ वा सक्दैन, मापन गर्ने। | शब्दको अर्थ | शब्दको अर्थ सोध्ने। |
शब्द प्रयोग गर्ने तरिका | शब्दको प्रयोग सोध्ने। | ||
खान्जी पढ्ने तरिका | खान्जीमा लेखिएका शब्दहरू पढ्ने तरिका सोध्ने र हिरागानामा लेखिएका विकल्पहरूबाट सही जवाफ चयन गराउने। | ||
खान्जीको अर्थ र प्रयोग गर्ने तरिका | खान्जीमा लेखिएका शब्दहरूको अर्थ र प्रयोग सोध्ने। | ||
कुराकानी र अभिव्यक्ति(लगभग १२ प्रश्न) | दैनिक जीवनका विभिन्न अवस्थामा बोलिने कुराकानीको लागि आवश्यक व्याकरण र अभिव्यक्ति प्रयोग गर्न सक्छ वा सक्दैन, मापन गर्ने। | व्याकरण | कुराकानीको सन्दर्भसँग मिल्ने उपयुक्त व्याकरण प्रयोग गर्न सक्छ वा सक्दैन, जाँच्ने। |
अभिव्यक्ति | कुराकानीको सन्दर्भसँग मिल्ने उपयुक्त अभिव्यक्ति प्रयोग गर्न सक्छ वा सक्दैन, जाँच्ने। | ||
सुनेर बुझ्ने(लगभग १२ प्रश्न) | दैनिक जीवनका विभिन्न अवस्थामा बोलिने कुराकानी र निर्देशन आदि सुनेर बुझ्न सक्छ वा सक्दैन, मापन गर्ने। | विषयवस्तुको बुझाइ (कुराकानी) | जानकारीको आदानप्रदान र सामाजिक कुराकानी सुनेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने। |
विषयवस्तुको बुझाइ (पसल र सार्वजनिक स्थलहरूमा गरिएको कुराकानी) | पसल र सार्वजनिक सुविधाहरूमा गरिने कुराकानी सुनेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने। | ||
विषयवस्तुको बुझाइ (निर्देशन र उद्घोषण सुन्ने) | निर्देशन र घोषणा, श्रव्य सामग्री आदि सुनेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने। | ||
पढेर बुझ्ने(लगभग १२ प्रश्न) | दैनिक जीवनका विभिन्न अवस्थामा चिठ्ठी र सूचनापत्र, व्याख्या आदि पढेर बुझ्न सक्छ वा सक्दैन, मापन गर्ने। | विषयवस्तुको बुझाइ | चिठ्ठी र सन्देश जस्तो छोटो र सरल लिखित सामग्री पढेर त्यसको विषयवस्तु बुझ्न सक्छ वा सक्दैन, जाँच्ने। |
जानकारी खोज | दैनिक जीवनमा देखिने साइनबोर्ड, सूचनापत्र, सन्दर्भ सामग्री आदिबाट आवश्यक जानकारी फेला पार्न सक्छ वा सक्दैन, जाँच्ने। |
लगभग ५० वटा प्रश्न सोधिनेछ र परीक्षाको समय ६० मिनेट हुनेछ। सेक्सन अनुसार उत्तर दिनका लागि रोकटोक हुनेछैन। एउटै सेक्सन भए जहिले पनि उत्तर दिन सकिनेछ। तर अन्य सेक्सनमा प्रवेश गरेपछि फेरि फर्केर उत्तर दिन सकिन्न। साथै, “सुनेर बुझ्ने” सेक्सनमा अघिपछिको प्रश्नमा गएर फेरि हेर्न वा पुनः उत्तर दिन सकिन्न।
५ भाषिक निपुणताका श्रेणीहरूको सारांश
A2 श्रेणी जतिको निश्चित स्तरको जापानी भाषाको दक्षता हासिल गरेको छ वा छैन, निर्धारित गरिन्छ
कुल प्राप्ताङ्क मूल्याङ्कन मापदण्ड अङ्क (२५० अङ्क मध्य २०० अङ्क) वा सोभन्दा बढी छ भने "जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमताको स्तरमा पुगेको छ" (A2 श्रेणी जति) भनेर मूल्याङ्कन गरिन्छ। यस परीक्षामा श्रेणी वर्गीकरण छैन।
यस परीक्षामा CEFR र JF Standard को A1-A2 श्रेणीको Can-do मा आधारित प्रश्नहरू सोधिन्छन्। साथै "अक्षर र शब्दावली", "कुराकानी र अभिव्यक्ति", "सुनेर बुझ्ने" तथा "पढेर बुझ्ने" अनि "पठनबोध" गरी ४ वटा सेक्सनबाट समग्र रूपमा जापानमा बसोबास गर्दै जीवनयापन गर्दा सामना गर्ने अवस्थाहरूमा आवश्यक हुने जापानी भाषाको कुराकानी क्षमता मापन गरिन्छ। A2 श्रेणीको सूचक तालिका २ को बीचतिर छ।
श्रेणी | भाषिक निपुणताका श्रेणीहरूको सारांश |
---|---|
B1 |
|
A2 |
|
A1 |
|
CEFR को सामान्य भाषिक सन्दर्भ श्रेणी: समग्र मापदण्ड
६ परीक्षाफलको सूचना
परीक्षाफल निम्नानुसार परीक्षार्थलाई सूचित गरिनेछ।
- परीक्षाको दिन
- परीक्षाको दिन परीक्षा समाप्त भएपछि स्क्रिनमा कुल प्राप्ताङ्क र मूल्याङ्कन नतिजा प्रकाशित गरिनेछ।
- परीक्षा सकिएपछि कामकाज हुने दिनको ५ दिन भित्र
- नाम दर्ता गर्ने वेबसाइटमा लगईन गर्यो भने औपचारिक मूल्याङ्कन नतिजा हेर्न र प्रिन्ट गर्न सक्नुहुन्छ।
मूल्याङ्कन नतिजा सूचनापत्रमा कुल प्राप्ताङ्क र त्यसमा आधारित मूल्याङ्कन नतिजा उल्लेख गरिनेछ। कुल प्राप्ताङ्क सही उत्तरको सङ्ख्यामा आधारित नभई समकरण भन्ने साङ्ख्यिकीय प्रक्रियाद्वारा गणना गरी निकालेको स्केल्ड स्कोरमा देखाइनेछ। कुल प्राप्ताङ्क १० अङ्कदेखि २५० अङ्कसम्ममा पर्छ। कुल प्राप्ताङ्क मूल्याङ्कन मापदण्ड अङ्क (२०० अङ्क) वा सोभन्दा बढी छ भने "जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमताको स्तरमा पुगेको छ" भनेर मूल्याङ्कन गरिन्छ। साथै जानकारीको लागि
सक्सन प्रतिको सही उत्तर दिएको दर देखाइनेछ।

मूल्याङ्कन नतिजा सूचनापत्रको दोस्रो पृष्ठमा जापानी भाषा क्षमता श्रेणीको अवधारणा व्याख्या गरिएको छ। विस्तृत जानकारीको लागि "भाषिक निपुणताका श्रेणीहरूको सारांश" हेर्नुहोस्।
७ परीक्षाको स्पष्टीकरण सामग्री
JFT-Basic बारे उक्त सारांश समेटेर बनाएको स्लाइड फर्म्याटको सामग्री हो। (जापानी र नेपाली भाषा संस्करण) यसलाई नहिचकिचाई डाउनलोड गर्न र प्रयोग गर्न सक्नुहुन्छ।