जापान फाउण्डेशनको सहायता प्रणाली
JFT-Basicको आयोजक संस्थाको रूपमा जापान फाउण्डेशनले, जाँचको विकास तथा सञ्चालन मात्र नभएर, जापानी भाषा अध्ययनकर्ताको दैनिक जीवन वा रोजगारका लागि आवश्यक जापानी भाषा योग्यताको ज्ञान हासिल गर्नका लागि विस्तृत रूपमा सहायता गर्दै आएको छ ।
JF जीवनयापनको लागि जापानी भाषा Can-do पाठ्यपुस्तक आदिको विकास, सुलभ्य
जापानी भाषा बाहेकका भाषाहरू मातृभाषाको रूपमा प्रयोग गर्ने विदेशी नागरिकहरू "निर्दिष्ट सीप" जस्ता बसोबास योग्यता (भिसा) मा जापान प्रवेश गरेको खण्डमा ती व्यक्तिहरूलाई जापान बसोबासको क्रममा दैनिक रूपमा आधारभूत जापानी भाषा प्रयोग गरी गर्नुपर्ने वार्तालाप क्षमता (कम्युनिकेसन स्किल्स) लाई Can-do Statement ("म...सक्छु" भनेर कार्य पूरा गर्ने क्षमता जनाउने शैली) मा लेखिएको "JF जीवनयापनको लागि जापानी भाषा Can-do" को २०१९ सालमा विकास गरेको छ । साथै, यो "JF जीवनयापनको लागि जापानी भाषा Can-do
"लाई अध्ययन-अध्यापनको लक्ष्य राखेर निर्देश गरिएको पाठ्यपुस्तक "इरोदोरी सेइकाचुको निहोङ्गो (इरोदोरीः जीवनयापनको लागि जापानी भाषा)
" हो । श्रव्य फाइलको प्रयोग गरेको तथा सुनेर बुझ्ने वा कुराकानीको अभ्यास लगभग असली सामाग्रीको प्रयोग गरेको पढेर बुझ्ने अभ्यास आदिद्वारा व्यवहारिक जापानी भाषाको योग्यतालाई बढाउँदै लान सकिने हुनाले JFT-Basic लक्षित परीक्षाको अध्ययन सर्वप्रथममा र त्यसपछि आधारभूतदेखि प्राथमिक स्तरको जापानी भाषा सिक्नेहरूले पनि विस्तृत रूपमा उपयोग गर्न सक्नेछन् ।
स्थानिय क्षेत्रमा अध्यापन गर्ने जापानी भाषा शिक्षक प्रति लक्षित अध्ययन तालिम
निर्दिष्ट प्राविधिक सीप प्रणालीको माध्यामद्वारा जापानमा आउने व्यक्तिप्रति गरिने जापानी भाषा शिक्षा व्यवसायको सहयोगको लागि उक्त जापानी भाषा शिक्षा सञ्चालन गरिरहेको संस्था तथा सङ्गठनको जापानी भाषा शिक्षक प्रति स्थानिय क्षेत्रमा जापानी भाषा अध्यापन तरिकाको अध्ययन तालिम दिँदै आइरहेको छ ।
साथै, यसले सम्बन्धित संस्थामा रहेका वा समूहगत जापानी भाषा पढाउने शिक्षकहरूलाई जापानमा आमन्त्रण गरी, जापानी भाषा शिक्षण क्षमताको सुदृढीकरण एवम् जापानको सामाजिक अवस्था, समाज, संस्कृतिलाई गहिरोसँग बुझाउने हेतुले "विदेशी कर्मचारी भित्र्याउनका निमित्तको जापानी भाषा शिक्षक प्रशिक्षण (शिक्षण विधि)
" या, जापानी भाषाको प्रयोगात्मक क्षमता अभिवृद्धि एवम् जापानको सामाजिक अवस्था, समाज, संस्कृतिलाई गहिरोसँग बुझाउनका लागि "विदेशी कर्मचारी भित्र्याउनका निमित्तको जापानी भाषा शिक्षक प्रशिक्षण (जापानी भाषा)
" दिने गरेको छ।
स्थानिय क्षेत्रका जापानी भाषा शैक्षिक संस्थाको गतिविधिप्रति सहयोग
जीवनयापन तथा रोजगारका लागि आवश्यक जापानी भाषा शिक्षा सिक्ने स्थलको सहायता गर्नको लागि जापानी भाषा शैक्षिक संस्थाको गतिविधिप्रति सहयोग गर्दै आइरहेको छ ।
जापान फाउन्डेशनले JFT-Basic को वर्णन गर्न या परिचय गराउनका लागि आफूले विकास गरेको जापानी भाषा अध्ययन पाठ्यसामाग्री प्रयोग गरिएको सेमिनार आयोजना गर्ने, सहायताको दायरामा परेका संस्थाको सर्भेहरूको लागि, दायरामा पर्ने राष्ट्रमा जापानी भाषा विज्ञहरू पठाउने कार्यहरू गरिरहेको छ।
साथै, विदेश अवस्थित जापानी भाषा शिक्षण संस्थालाई अनुदान प्रदान समेत गर्ने गरिरहेको छ। विस्तृतमा जापान फाउन्डेशनको वेबसाइट
हेर्नुहोला।





