समुहमा दिने परीक्षा
- ※जापानमा परीक्षा दिने खण्डमा परीक्षाको समूह नाम लेखाउन सकिन्न तर कम्पनी/ सङ्गठनले Voucher Express
को प्रयोग गरी भाउचर समेटेर एकैपटक खरिद गर्न सकिनेछ ।
- ※समुहमा दिने परीक्षा समूह दर्ता केही देशहरूमा स्वीकार्य नहुन सक्छ। थप जानकारी प्रोमेट्रिक परीक्षाको लागि नाम लेखाउने वेबसाइट हेर्नुहोस्।
प्रोमेट्रिक परीक्षाको लागि नाम लेखाउने वेबसाइट

सङ्गठनका जिम्मावाला व्यक्तिले प्रोमेट्रिक कम्पनीको वेबसाइट भित्रको समूह आवेदनका पेजबाट समूह आवेदन फारम डाउनलोड गर्ने

प्रोमेट्रिक कम्पनीको समूह आवेदनपेस गर्ने वेब डेस्कमा इमेलद्वारा फारम पठाउने
इमेल एड्रेस:groupreg@prometric.com ( इमेल पठाउँदा, पूर्ण चौडाइ क्यारेक्टर @मार्कलाई आधा चौडाइ क्यारेक्टर @मार्कमा परिवर्तन गर्नुहोस् )

समूह आवेदनको डेस्कबाट आवेदन हस्तखत हुने नहुने बारेमा जवाफ प्राप्त गर्ने
सकिने खण्डमा
नसकिने खण्डमा
मिति, परीक्षार्थी सङ्ख्याको पुनः चाँजोपाँजो मिलाउने
भाउचर खरिद गर्ने
(भाउचर विक्रिवितरण हुने स्थलमा नगद भुक्तानद्वारा खरिद गर्ने अथवा Voucher Expressको माध्यमद्वारा क्रेडिट कार्डले खरिद गर्ने) ※भाउचर भन्नाले परीक्षा आवेदनका लागि आवश्यक नम्बर हो । परीक्षा शुल्क तिरेमा जारी गरिन्छ । भाउचरमा लागू हुने अवधि तोकिएको हुन्छ । ※Voucher Express भन्नाले अनलाइनमा भाउचर अर्डर गर्न सकिने वेबसाइट हो । उपयोगका लागि अग्रिम एकाउन्टको आवेदन आवश्यक हुनेछ । उपयोगका सुरु हुनका लागि कामकाज हुने अधिकतम ५ दिन लाग्नेछ ।
समूह आवेदनको डेस्कबाट प्राप्त गरेको फरम्याटबाट परीक्षार्थी सूचीको निर्माण गरी परीक्षा हुने योजना रहेको मिति भन्दा कामकाज हुने १५ दिनको अगिल्लो मध्यान्ह सम्म (परीक्षा हुने योजना रहेको दिन शनिवार भएको खण्डमा कामकाज हुने १६ दिनको अगिल्लो मध्यान्ह) सम्ममा पठाउने ※परीक्षार्थीले प्रोमेट्रिक ID प्राप्त गरेको हुनुपर्नेछ । प्रोमेट्रिक ID प्राप्तको लागि नाम लेखाउनुभएको वेबसाइट हेर्नुहोस् ।
परीक्षार्थी सूचीमा अधूरो भएको खण्डमा नाम लेखाउन सकिन्न ।
समूह आवेदनको डेस्कबाट परीक्षार्थी विवरणको दर्ता सम्पन्न भएको सूचना तथा परीक्षार्थीको लागि आउने प्रमाण पत्र (Confirmation letter) प्राप्त गर्ने *दर्ता सम्पन्न भइसकेपछि परीक्षार्थी बदल तथा रद्द गर्न सकिन्न
प्रमाण पत्र हरेक परीक्षार्थीलाई वितरण गर्ने
परीक्षार्थीलेपरीक्षा दिनुभन्दा अगाडिनै जाँच हुने दिनको क्रमको पक्का गर्ने
परीक्षार्थीलेप्रमाण पत्रमा उल्लेख गरिएको मिति तथा स्थलमा जाँच दिने
जाँच दिने दिनमा जाँच सकिएपछि कम्प्युटरको स्क्रिनमा जाँचको नतिजा (कुल प्राप्ताङ्क तथा मूल्याङ्कन नतिजा) प्रदर्शित गरिने हुनाले हरेक परीक्षार्थी आफैले पक्का गर्ने
परीक्षा सकिए पछि कामकाज हुने ५ दिन भित्र,वेबसाइटमा मूल्याङ्कन नतिजाको सूचनापत्रजारी गरिने हुनाले हरेक परीक्षार्थीले नाम लेखाउनुभएको वेबसाइटमा लगइन गरेर पक्का गर्ने