अक्सर सोधिने प्रश्नहरू
१. JFT-Basic बारे
- प्रश्न १JFT-Basic भनेको कस्तो परीक्षा हो?
- उत्तर
JFT-Basic भनेको, मुख्यतया रोजगारीको निमित्त जापान आउने विदेशी नागरिकले सामना गर्ने जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने संवादमा चाहिने जापानी भाषा क्षमता मापन गर्ने टेष्ट हो।
यस टेष्टद्वारा युरोपेली भाषाको साझा अवधारणा निमित्तको रूपरेखा (CEFR)
, JF जापानी भाषाको शिक्षण मानक
, जापानी भाषा शिक्षण निमित्तको रूपरेखा
अन्तर्गतको A1, A2.1, A2.2 (A2)सम्म पुग्न सकेको छ कि छैन भनेर निर्धारण गरिने छ।
JFT-Basic को रिजल्टलाई "SSW 1
", "सीप विकासमूलक रोजगारी
” लगायतका बसोबास-भिसाको आवेदनमा आवश्यक जापानी भाषा क्षमताको प्रमाणका निमित्त प्रयोग गर्न सकिने छ। - प्रश्न २JFT-Basic-को परीक्षा कसरी लिइन्छ?
- उत्तर
JFT-Basic-को परीक्षा कम्प्युटर आधारित परीक्षा (CBT: Computer Based Testing) विधि मार्फत लिइन्छ। हरेक देशको परीक्षा स्थलमा कम्प्युटरबाट प्रश्न सोधिने र उत्तर दिने गरिन्छ। परीक्षार्थीहरूले बुथमा बसेर कम्प्युटरको स्क्रिनमा देखाइने प्रश्न पढेर अनि हेडफोनबाट आउने आवाज सुनेर स्क्रिनमा जवाफ दिन्छन्।
- प्रश्न ३JFT-Basic को आयोजक संस्था कुन हो?
- उत्तर
जापान फाउण्डेशन हो।
- प्रश्न ४कसले JFT-Basic को परीक्षा दिन सक्छन्?
- उत्तर
यो आफ्नो मातृभाषा जापानी भाषा नभएका विदेशी नागरिकप्रति लक्षित छ। तथापि देश पिच्छे टेष्ट दिने योग्यता फरक हुने हुँदा, विस्तृतमा Prometric कम्पनीको वेबसाइट
हेर्नुहोला। - प्रश्न ५JFT-Basic कहिले र कहाँ सञ्चालन गरिनेछ?
- उत्तर
टेष्ट सञ्चालन हुने मिति
हेर्नुहोस्। - प्रश्न ६बसोबास गर्ने देश बाहेकको अन्य देशमा JFT-Basic को परीक्षा जापानमा दिन सकिन्छ?
- उत्तर
हजुर पाइन्छ। तथापि, सम्बन्धित टेष्ट सञ्चालन स्थलमा गरिने वर्णन, सावधानीका बुँदा, विनियम लगायतका वर्णनहरूलाई अन्य भाषामा नभइकन अङ्ग्रेजी भाषामा वर्णन गरिने छ। साथै, देश अनुसार टेष्ट शुल्कको भुक्तानी विधि फरक पर्ने हुँदा ध्यान पुर्याउनुहोला।
- प्रश्न ७JFT-Basic को केही सेक्सनको परीक्षा मात्र दिन सकिन्छ?
- उत्तर
अहँ, सकिन्न।
- प्रश्न ८पुनः टेष्ट दिन पाइन्छ?
- उत्तर
कुल प्राप्ताङ्क 199 वा सो भन्दा कम आएमा पुनः टेष्ट दिन पाइन्छ। तथापि, अघिल्लो पटकको टेष्ट मितिबाट आउँदो टेष्ट मितिसम्ममा 45 दिनको अन्तराल कायम रहेको हुनु पर्नेछ। एकपटक कुल प्राप्ताङ्क 200 वा बढी आएका महानुभावले पुनः टेष्ट दिन पाउनु हुने छैन।
- प्रश्न ९जापानी भाषा दक्षता परीक्षा (JLPT) भन्दा कसरी फरक छ?
- उत्तर
यो जापानी भाषा क्षमता परीक्षा (JLPT)
भनेको, विभिन्न खालका पृष्ठभूमि भएका जापानी भाषा अध्येताको अध्ययन तथा दक्षता मापन गर्नका निमित्त वृहत्तर परिस्थितिको अनुमान लगाएर समष्टिगत रूपमा लिइने टेष्ट हो र यसलाई N1 देखि N5 सम्मका 5 लेभलमा विभाजन गरिएको छ। मार्कसिट पद्धति अनुसार सञ्चालन हुने यो परीक्षा, विदेश (करिब 90 राष्ट्र तथा क्षेत्र) र जापानमा वार्षिक 2 पटक सञ्चालन हुने गरेको छ। परीक्षाको रिजल्ट भने टेष्ट मितिबाट करिब 2 महिनापछि अनलाइन मार्फत थाहा पाउन सकिने हुन्छ र करिब 3 महिनापछि पासफेलको सूचनापत्र आइपुग्नेछ।
JFT-Basic भनेको चाहिँ, जापानमा जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने संवाद गर्न चाहिने जापानी भाषा क्षमता मापन गर्ने टेष्ट हो र यसलाई A1, A2.1, A2.2 (A2) गरी 3 ओटा जापानी भाषा क्षमता स्तरमा निर्धारण गरिन्छ। यसलाई विदेश (मुख्यतया एसियामा) र जापानमा CBT पद्धति अनुसार सिद्धान्तत: हरेक महिना सञ्चालन गर्ने गरिएको छ। परीक्षाको रिजल्टका सम्बन्धमा, टेष्ट दिएकै दिनमा परीक्षाफल थाहा हुनेछ र, टेष्ट मिति देखिको 5 व्यावसायिक दिन भित्रमा रिजल्टको सूचनापत्र जारी गरिने छ।
यस प्रकारले JFT-Basic भनेको जापानमा गरिने जीवनयापनका परिदृश्यहरू अनुमान लगाएर बनाइएको टेष्ट हो र यसमा टेष्ट दिने अवसरहरू धेरै मिल्ने तथा परीक्षाफल तुरुन्तै थाहापाउन सकिने विशेषता रहेको छ। यसलाई "SSW 1
", "सीप विकासमूलक रोजगारी
" लगायतका बसोबास-भिसाको आवेदन दिनुहुने महानुभावले JFT-Basic उपयोग गर्नुहोला।
२. परीक्षाको विवरणबारे
- प्रश्न १JFT-Basic कस्तो श्रेणीको परीक्षा हो?
- उत्तर
यो युरोपेली भाषाको साझा अवधारणा निमित्तको रूपरेखा (CEFR)
, JF जापानी भाषा शिक्षण मानक
, जापानी भाषा शिक्षण निमित्तको रूपरेखा
अन्तर्गतको A1, A2.1, A2.2 (A2) लेभलमा पुगेको छ छैन निर्धारण गरिने टेष्ट हो। विस्तृतमा निर्धारण गरिने जापानी भाषा क्षमता स्तर हेर्नुहोला। - प्रश्न २JFT-Basic मा कस्तो प्रश्न सोधिन्छ?
- उत्तर
JFT-Basic "अक्षर र शब्द” "संवाद र अभिव्यक्ति" "सुनेर बुझ्ने क्षमता” "पढेर बुझ्ने क्षमता"का 4 सेक्सनद्वारा संरचित हुन्छ। युरोपेली भाषाको साझा अवधारणा निमित्तको रूपरेखा (CEFR)
, JF जापानी भाषा शिक्षण मानक
को अवधारणाको आधारमा, A1 देखि A2 सम्मको Can-do मा आधारित प्रश्नहरू सोधिने छ। नमूना प्रश्नहरू
पनि सार्वजनिक रूपमा उपलब्ध रहेकोले रिफरेन्सको रूपमा हेर्न सक्नु हुनेछ। पुनश्च, कसरी पढ्दा राम्रो हुन्छ भन्ने सन्दर्भमा "4 टेष्ट निमित्तको पढाइ बारेमा” "प्रश्न 1: कसरी पढ्दा राम्रो हुन्छ होला? पढ्ने कुनै पाठ्यसामाग्री छ?” को प्रश्न-उत्तर हेर्नुहोला। - प्रश्न ३JFT-Basic परीक्षामा कुराकानीको प्रश्न (मौखिक परीक्षा) वा लेख लेख्ने प्रश्न (लिखित परीक्षा) छ?
- उत्तर
हाल यी दुइटै छैनन्।
- प्रश्न ४JFT-Basicपरीक्षाको समयावधि कति हो?
- उत्तर
६० मिनेट।
३. परीक्षा आवेदन बुकिङ्ग बारे
टेष्ट बुकिङ गर्ने सम्बन्धमा "टेष्ट दिँदाको प्रवाह" हेर्नुहोला। टेष्ट बुकिङ सम्बन्धी जे जस्ता प्रश्नहरू छन् ती सबै Prometric ग्राहक सेवा केन्द्र
मा सोधपुछ गर्नुहोला। सोधपुछ गर्नु अघि Prometric कम्पनीको वेबसाइटबाट प्रायः सोधिने प्रश्नहरू
समेत निश्चय गर्नुहोला। पुनश्च, जापान फाउन्डेशनको मुख्यालय या विदेशी अवस्थित कार्यालयहरूमा टेष्ट बुकिङको सपोर्ट या सट्टामा बुकिङ गरिदिने सेवा उपलब्ध गराइएको छैन।
४. परीक्षाको तयारीबारे
- प्रश्न १परीक्षाको तयारी कसरी गर्न सकिन्छ? कुनै शिक्षण सामग्री छ?
- उत्तर
"इरोडोरी: जापानीज फर लाइफ इन जापान
” नामको कोर्स बुक र "IRODORI जापानी भाषा अनलाइन कोर्स
” नामको वेबसाइट भनेका, जापानमा जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने संवाद गर्न चाहिने जापानी भाषा क्षमता हासिल गर्नका निमित्तको पाठ्यसामाग्री हुन्। यो अध्ययन गर्नुको लक्ष्य Can-do (जापानी भाषा प्रयोग गरेर के-के गर्न सकिन्छ) बारेमा जान्ने हुनु रहेको छ। JFT-Basic मा समेत Can-do मा आधारित जीवनयापन गर्दाको अन्तरालमा आइपर्ने प्रश्नहरू आउँछन्। तसर्थ, “इरोडोरी: जापानीज फर लाइफ इन जापान” या "IRODORI जापानी भाषा अनलाइन कोर्स" मार्फत पढेर, Can-do जान्ने हुन सक्नु भयो भने, JFT-Basic को तयारीमा उपयोगी हुनेछ।
“इरोडोरी: जापानीज फर लाइफ इन जापान” या "IRODORI जापानी भाषा अनलाइन कोर्स" मार्फत अध्ययन गर्नाले, जापानमा जीवनयापन गर्दाको अन्तरालमा जापानी भाषा प्रयोग गरेर के गर्न सकिन्छ भन्ने "अध्ययन गर्नुको लक्ष्य", त्यस लक्ष्य प्राप्त गर्नका निमित्तको "अध्ययन", लक्ष्य प्राप्ति भयो भएन भन्ने "मूल्याङ्कन" सबै Can-do मा आधारित हुनेछ। JFT-Basic को तयारी मात्र नभएर, जापानमा जीवनयापन गर्न समेत तम्तयार हुन सकिने छ।
साथै, “IRODORI जापानी भाषा अनलाइन कोर्स”मा ”अध्ययन“ कन्टेन्ट भित्रको “समीक्षात्मक हाजिर-जवाफ”मा, JFT-Basic को सेक्सन, क्याटेगोरीमा जस्तै "शब्दावली" "खान्जि" "व्याकरण" "अभिव्यक्तिहरू" "लिसनिङ" "रिडिङ"का हाजिर-जवाफहरू रहेका छन्। "अभ्यास" कन्टेन्टमा "शब्दावली" "खान्जि" "व्याकरण" "अभिव्यक्ति"हरूका अभ्यास गर्न सकिन्छ। यसैगरी "IRODORI जापानी भाषा अनलाइन कोर्स"मा, अझै व्यवहारिक अभ्यास गर्न सकिने भएकोले, अवश्य JFT-Basic को तयारीमा उपयोग गर्नुहोला। विस्तृतमा JFT-Basic परीक्षाको तयारीमा उपयोगी हुने पाठ्यसामग्री सार्वजनिक गरिराखिएको, “अध्ययनको लागि सुझाव”मा हेर्नुहोला। JFT-Basic कस्तो हुन्छ भन्ने झल्को पाउन सकियोस भनेर, वास्तविक परीक्षा ढाँचासँग मिल्दोजुल्दो नमुना प्रश्न
समेत सार्वजनिक गरिएको छ। - प्रश्न २JFT-Basic का A1, A2.1, A2.2 (A2) हरू हासिल गर्ने लक्ष्य राख्दा, A1 को लागि 『इरोडोरी: जापानीज फर लाइफ इन जापान』 "स्टार्टर (A1)", A2.1 "इलेमेन्टरी 1 (A2)", A2.2 (A2) "इलेमेन्टरी 2 (A2)" अध्ययन गर्दा ठिक हुन्छ त?
- उत्तर
JFT-Basic को A1 को लागि 『इरोडोरी: जापानीज फर लाइफ इन जापान』को "स्टार्टर (A1)” ले काम गर्छ। "इलेमेन्टरी 1 (A2)" र "इलेमेन्टरी 2 (A2)" दुवै A2 लेभलको पाठ्यसामाग्री हो र, यी 2 पुस्तक पढिसकेपछि JFT-Basic A2.2 (A2) लेभलको टेष्ट दिनका लागि लगभग मानक पुग्छ। साथै, "इलेमेन्टरी 1 (A2)" पढिसक्कियो भने, A2.1 लेभलको टेष्ट दिने लगभग मानक पुरा भयो भनेर सोच्दा ठिक होला।
- प्रश्न ३बिगतमा जाँचमा सोधिएका प्रश्नहरूको संग्रह वा प्रश्नहरू प्रकाशन गरिन्छ ?
- उत्तर
हालको लागि उक्त योजना छैन। रिफरेन्सको लागि नमूना प्रश्नहरू
हेर्न सक्नु हुनेछ।
५. परीक्षाको दिनबारे
- प्रश्न १परीक्षाको दिन ल्याउनुपर्ने सामान, परीक्षा स्थल र रिसेप्सनदेखि परीक्षा समापनसम्मको प्रक्रियाबारे केही प्रश्न छ?
- उत्तर
टेष्ट हुने दिनको विस्तृत प्रवाह जान्नका लागि "टेष्ट दिँदाको प्रवाह
" हेर्नुहोला। लिएर जान पाइने वस्तु या टेष्ट सञ्चालन स्थल, रिसेप्सनदेखि टेष्ट सक्किँदासम्मको प्रवाह बारेका प्रश्नहरू, Prometric ग्राहक सेवा केन्द्र
मा सोधपुछ गर्नुहोला। - प्रश्न २टेष्ट दिनु अगाडि टेष्ट सञ्चालन स्थलको कम्प्युटर प्रयोग गर्ने तरिका या टेष्ट स्क्रिन चेक गर्न पाइन्छ?
- उत्तर
हजुर, टेष्ट दिँदाको प्रवाह
मार्फत चेक गर्न पाइन्छ। नमूना प्रश्नहरू
मार्फत केही स्क्रिनहरूको अनुभव लिन समेत सकिने छ।
साँच्चिकै टेष्ट स्क्रिन चलाउने बारेमा विस्तृतमा जान्न चाहने महानुभावले, यता हेर्नुहोला।
- जापान फाउन्डेशन जापानी भाषा बेसिक टेष्ट (JFT-Basic) चलाउने विधि (YouTube)
६. प्राप्तअङ्क र परीक्षाफलको सूचनाबारे
- प्रश्न १परीक्षाको नतिजा कसरी निर्धारण गरिन्छ?
- उत्तर
टेष्ट परीक्षाफलमा कुल प्राप्ताङ्क र त्यसमा आधारित रिजल्ट देखिने छ। कुल प्राप्ताङ्कको प्राप्ताङ्कीय परिधि 10 ∼ 250 अङ्क बिचको हुनेछ। 145 ∼ 174 बिचको अङ्कलाई A1, 175 ∼ 199 बिचको अङ्कलाई A2.1 र 200 ∼ 250 अङ्कलाई A2.2 (A2) भनेर निर्धारण गरिन्छ। 145 अङ्क भन्दा कम आएको छ भने रिजल्ट नदेखाइकन "*" देखाइएको हुन्छ। विस्तृतमा टेष्ट परीक्षाफलको सूचना हेर्नुहोला।
- प्रश्न २प्रत्येक भागमा प्राप्त गर्नुपर्ने न्यूनतम अङ्क तोकिएको छ?
- उत्तर
होइन, हुँदैन। 4 सेक्सनको परीक्षाफललाई समष्टिगत रूपमा गणना गरेर निकालिन्छ। कुल प्राप्ताङ्क हरेक जापानी भाषा क्षमता स्तरको प्राप्ताङ्क परिधिमा पुगेको रहेछ भने, उक्त स्तरमा पुगेको भनेर निर्धारण गरिने छ।
- प्रश्न ३परीक्षाको नतिजा कहिले थाह पाउन सकिन्छ?
- उत्तर
टेष्ट हुने दिन, टेष्ट सक्किएपछि, टेष्ट दिएको कम्प्युटरको स्क्रिनमा टेष्ट परीक्षाफल (कुल प्राप्ताङ्क र रिजल्ट) डिस्प्ले हुनेछ। साथै, टेष्ट मितिबाट 5 व्यावसायिक दिन भित्रमा Prometric कम्पनीको वेबसाइट
मा रिजल्टको सूचनापत्र जारी हुने हुँदा, लगइन गरेर निश्चय गर्नुहोला। - प्रश्न ४आधिकारिक नतिजा सूचनापत्र कसरी पठाइन्छ?
- उत्तर
रिजल्टको सूचनापत्रको लागि टेष्ट मितिबाट 5 व्यावसायिक दिन भित्रमा Prometric कम्पनीको वेबसाइट
मा जारी गरिने हुँदा लगइन गरेर पक्का गर्नुहोला। कागजी रिजल्टको सूचनापत्र चाहिएमा, प्रिन्ट गरेर प्रयोग गर्नुहोला। - प्रश्न ५परीक्षाको नतिजा कसरी उपयोग गर्न सकिन्छ?
- उत्तर
A1 लाई "सीप विकासमूलक रोजगारी
"को बसोबास-भिसा आवेदनमा, A2.1 लाई मुख्यतया सीप विकासमूलक रोजगारी प्रणालीमा मूल व्यक्तिले अर्को काममा सरुवा हुन चाहँदाको प्रक्रिया अपनाउनमा र A2.2 (A2)लाई "SSW 1
" बसोबास-भिसा आवेदनमा प्रयोग गर्न सकिने छ।
*रोजगारी गर्ने औद्योगिक सेक्टर अनुसार अझ माथिल्लो स्तरको जापानी भाषा क्षमता माग गरिएको हुन सक्नेछ। - प्रश्न ६JFT-Basic लाई "SSW 1", "सीप विकासमूलक रोजगारी" बाहेकको बसोबास-भिसा आवेदन गर्न, जागिर खान वा उच्च शिक्षा लिनका लागि प्रयोग गर्न सकिन्छ?
- उत्तर
हालको समयाबिन्दुमा "SSW 1
", "सीप विकासमूलक रोजगारी
" बाहेकको बसोबास-भिसा आवेदनमा प्रयोग हुने गरेको छैन। अन्य योग्यताको आवेदनमा चाहिने कागजातहरूको लागि अध्यागमन विभागको वेबसाइट
हेर्नुहोला।
साथै, कम्पनी वा विद्यालय आदिमा JFT-Basic प्रयोग गर्ने सम्बन्धमा ती कम्पनी वा विद्यालयबाट नै निश्चय गर्नुहोला। - प्रश्न ७परीक्षा नतिजाको म्याद सकिन्छ?
- उत्तर
JFT-Basic परीक्षाको नतिजाको म्याद सकिँदैन।
बुकिङ वेबसाइटमा परीक्षा नतिजाको डाटा सेभ गरिने अवधि ५ वर्ष हो। यो अवधिमा बुकिङ वेबसाइटबाट मुल्याङकन नतिजा सूचना पत्र हेर्न सकिन्छ तर यो अवधि सकिएपछि मुल्याङकन नतिजा सूचना पत्र हेर्न सकिन्न। बुकिङ वेबसाइटबाट परीक्षा नतिजाको डाटा सेभ गरिने अवधि भित्र प्रिन्ट गरेर राख्नुहोस्। - प्रश्न ८सन् 2026 जुलाई सम्मको परीक्षाफल सूचनापत्रलाई सन् 2026 अगष्टपछि पनि प्रयोग गर्न मिल्छ?
- उत्तर
हजुर, सन् 2026 जुलाई सम्ममा परीक्षा दिएर, तपाईंको कुल प्राप्ताङ्क मूल्याङ्कनको मानक अङ्क (200 अङ्क) वा सो भन्दा बढी छ भने, जापानी भाषाको स्तर A2.2 (A2) सम्म पुगेको छ भनी प्रमाणित गर्नका लागि प्रयोग गर्न सकिन्छ।
“Employment for Skill Development”को बसोबास योग्यता (भिसा) आवेदन आदिका निमित्त, जापानी भाषाको स्तर A1 या A2.1 बराबर रहेको प्रमाणित गर्नुपर्ने व्यक्तिले, परीक्षाफल सूचनापत्रमा A1 या A2.1 को परीक्षाफल उल्लेख हुने सन् 2026 अगष्ट उपरान्तको परीक्षा दिनुहोला। - प्रश्न ९"निर्णय नतिजाको सूचना" ठगी वा हेरफेर होइन भन्ने मैले कसरी पुष्टि गर्न सक्छु?
- उत्तर
जापान फाउन्डेसनले उचित कारणहरूले परीक्षा नतिजाहरूको सूचनाको सामग्रीहरूको वैधानिकता सम्बन्धी जापान वा विदेशमा सरकारी निकाय, विश्वविद्यालय, शैक्षिक संस्था, कम्पनीहरू, आदिबाट सोधपुछको जवाफ दिनेछ।
कृपया वैधानिकता प्रमाणीकरण सम्बन्धी विस्तृत प्रक्रियाहरूको लागि जापान फाउन्डेसनमा सम्पर्क गर्नुहोस्।
सम्पर्क: जापान फाउन्डेसन जापानिज ल्याङ्ग्वेज डिभिजन 2
इमेल: jft-basic@jpf.go.jp
(इमेल पठाउँदा कृपया पूर्ण @ चिन्हलाई अर्ध @ चिन्हमा परिवर्तन गर्नुहोस्।)- ※कृपया जापानी वा अंग्रेजीमा लेख्नुहोस्। जापानी वा अंग्रेजी बाहेक अन्य भाषाहरू समर्थित छैनन्।
- ※हामी फोनबाट प्रश्नहरुको जवाफ दिँदैनौं।
७. SSW प्रणाली, सीप विकासमूलक रोजगारी प्रणाली सम्बन्धमा
SSW प्रणाली, सीप विकासमूलक रोजगारी प्रणालीको विस्तृत विवरणको लागि निम्न अध्यागमन विभागको वेबसाइट हेर्नुहोला। SSW परीक्षा या हरेक प्रणालीमा चाहिने जापानी भाषा सम्बन्धी सर्तका बारेमा समेत हेर्न सकिने छ।
SSW प्रणालीका सम्बन्धमा विदेशी नागरिक प्रति लक्षित बहुभाषिक जानकारी सम्प्रेषण गरिरहेको निम्न वेबसाइट पनि हेर्नुहोला।






