अध्ययनको लागि सुझाव

JFT-Basic परीक्षाको तयारी गर्न मदत दिने ई-लर्निङ सामग्रीहरूको जानकारी यस पृष्ठमा दिइएको छ। ती सामग्रीहरू सबै निःशुल्क भएकोले जापानी भाषा अध्ययनको लागि प्रयोग गर्नुहोस्।

इरोदोरी: जीवनयापनको लागि जापानी भाषाExternal link

जापानी भाषाको पाठ्यपुस्तक "इरोदोरी सेइकात्सु नो निहोंगो” भनेको विदेशी नागरिकले जापानमा जीवनयापन तथा काम गर्दा आधारभूत जापानी भाषाको प्रयोग गरी गर्नुपर्ने वार्तालाप सीप, सिक्न सिकाउने शैक्षिक सामग्री हो।
यसमा जापानको दैनिक जीवनमा अक्सर देखा पर्ने विभिन्न परिस्थिति र विषयहरूलाई समेटिएको हुनाले यस पाठ्यपुस्तकबाट प्रभावकारी ढंगमा व्यवहारिक जापानी भाषा कसरी प्रयोग गरिन्छ भन्ने कुरा सिक्न सकिन्छ। हरेक विषयको अध्ययन लक्ष्यलाई Can-do को ढाँचामा प्रस्तुत गरी उक्त विषय अध्ययन गरेपछि तपाईं “गर्न सक्नुहुन्छ” हुने कुरालाई प्रस्ट पारिएको छ।

जापानी भाषाको स्तर
A1, A2
व्याख्या गरिने भाषा
अंग्रेजी, जापानी, चिनिया, मङ्गोलियन, इन्डोनेसियन, खुमेर, थाइ, भियतनामी, बर्मेली, नेपाली
इरोदोरी: जीवनयापनको लागि जापानी भाषा

IRODORI जापानी भाषा अनलाइन कोर्सExgternal link

कोर्सबुक "इरोडोरी: जापानीज फर लाइफ इन जापान इलेमेन्टरी"-मा आधारित भएको, जापानी भाषाको समग्र क्षमता हासिल गर्न तयार पारिएको कोर्स हो। "अध्ययन सामग्रीहरू"-मा जापानमा गरिने जीवनयापनमा आवश्यक पर्ने जापानी भाषा भिडियोहरू प्रयोग गर्दै पारस्परिक ढङ्गमा अध्ययन गर्न सकिन्छ र "अभ्यास सामग्रीहरू"-मा कानजी र व्याकरण जस्ता आत्मविश्वास नभएको पक्ष दोहोर्‍याएर अभ्यास गर्न सकिन्छ।
स्मार्टफोन, कम्प्युटर, ट्याबलेटबाट कोर्स पठन गर्न सकिने भएकोले, खाली समयको सदुपयोग गरेर जहाँ र जहिले पनि जापानी भाषा अध्ययन गर्न सकिन्छ।

लक्षित लेभल
A1, A2
व्याख्या गरिने भाषाहरू
अंग्रेजी, जापानी, चिनिया, मङ्गोलियन, इन्डोनेसियन, खुमेर, थाइ, भियतनामी, बर्मेली, नेपाली
Logo of IRODORI Japanese Online Course click to this page

JF जापानी भाषा ई-लर्निङ मिनातो अर्को साइटमा जानेछExternal link

यो साइट विभिन्न जापानी भाषा अनलाइन कोर्स प्रस्तुत गर्ने जापान फाउण्डेशनको जापानी भाषा अध्ययन प्ल्याटफर्म हो। यस साइटमा दर्ता गरेको खण्डमा जहाँसुकै र जहिलेसुकै पनि इन्टरनेटमार्फत जापानी भाषा अध्ययन गर्न सकिनेछ। यस साइटमा अन्य जापानी भाषा अध्ययन वेबसाइट वा एप्पको लिङ्क पनि दिइएको छ।

जापानी भाषा सिकाउने शिक्षकको लागि

जापान फाउन्डेशनले जापानी भाषा बाहेकका भाषाहरू मातृभाषाको रूपमा प्रयोग गर्ने विदेशी नागरिकहरू “निर्दिष्ट सीप” जस्ता बसोबास योग्यता (भिसा) मा जापान प्रवेश गर्ने खण्डमा, ती व्यक्तिहरूलाई जापान बसोबासको क्रममा दैनिक रूपमा आधारभूत जापानी भाषा प्रयोग गरी गर्नुपर्ने वार्तालाप सीप (कम्युनिकेसन स्किल्स) लाई Can-do Statement (“म...सक्छु”)भनेर कार्य पूरा गर्ने क्षमता जनाउने शैलीमा बिकाश गने कुरामा आधारितभै नयाँ “JF जीवनयापनको लागि जापानी भाषा Can-do” को २०१० सालमा विकास गरेको हो।यो २०१९ सालमा घोषणा गरिएको JF जापानी भाषा शिक्षाको मानक सिद्धान्त र धारणालाई आधार बनाई विकास गरिएको छ र यसमा A1 स्तर र A2 स्तर गरी कुल ३८१ वटा Can-do समावेश गरिएको छ।

जापानी भाषाको पाठ्यपुस्तक “इरोदोरीः जीवनयापनको लागि जापानी भाषा” मा “JF जीवनयापनको लागि जापानी भाषा Can-do” मध्ये ३४१ वटालाई अध्ययन लक्ष्यको रूपमा तोकिएको छ।

Back to top